शाहलाई विश्वासको मत नदिने एमाले संसदीय दलको निर्णय

कैलाली । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
संसदीय दलको कार्यालयमा आज बसेको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने निर्णय गरेको हाे ।
एमाले प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले एमालेले शाहलाई विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिनुभयाे ।
२६ माघमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका शाहले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्