फेवातालमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु
कास्की । हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार विकका अनुसार शनिबार दिउँसो फेवातालमा डुङ्गा पल्टिँदा ७० वर्षीय याममाया गिरी घाइते भएकी थिइन ।

डुङ्गा पल्टिएपछि रेन्जर गण एपिएफ र बैदाम प्रहरीले उद्धार गरी गिरीलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाए पनि डाक्टरले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।
डुङ्गा पल्टिदा ४९ वर्षीय राजकुमार गिरी, २१ वर्षीय एलिशा गिरी, ४१ वर्षीय खगेन्द्र गुरुङ (चालक), ४९ वर्षीय माया गिरी र २५ वर्षीय विशाल गिरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्