तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश–१ को नामसम्बन्धी प्रस्ताव पेस गरिँदै

विराटनगर । प्रदेश नम्बर–१ को नामसम्बन्धी प्रस्ताव प्रदेशसभाको आज बस्ने बैठकमा प्रस्तुत गरिने भएको छ ।

दलहरूबीच भएको सहमतिअनुसार नामसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेस गरिन लागिएको हो ।
प्रदेशसभा बैठक अहिले बिहान ११ बजे बस्दै छ ।

प्रदेशको नाम भूगोल वा पहिचान केको आधारमा राख्ने भन्नेमा विवाद छ । नामकरणका लागि ९३ मध्ये कम्तीमा ६३ सांसदको समर्थन अर्थात् दुईतिहाइ बहुमत चाहिन्छ । प्रदेशको नाम कोसी, किराँत, लिम्बुवान, विराट राख्ने विषयमा दलपिच्छे फरक मत छ ।

प्रदेश १ प्रदेशसभामा एमालेका ४०, काँग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् । सत्तापक्ष र विपक्षमा विभाजित हुँदा कसैको पनि दुई तिहाइ मत पुग्न सक्ने सम्भावना कम रहेको कारण सर्वसहमतिमा नामकरणको टुंगो लगाउने तयारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button