लामिछानेको निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले विदेश जान पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दिएको पुनरावलोकनको निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।
आइतबार सन्दीपको रिटमाथि सुनुवाइ गर्ने तालिका भए पनि हेर्दाहेर्दैमा राखिएको हो ।
न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेको हो । सन्दीपको मुद्दालाई अदालतले सोमबार पनि निरन्तरता दिनेछ ।
नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपले आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।








प्रतिक्रिया राख्नुहोस्