तपाईँ सुन्दै हुनुहुन्छः

एन्फाद्वारा थ्री नेसन्स कप फुटबलको तयारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजनाको तयारी गरेको छ ।

फागुन १९ गतेबाट सुरु हुने ए डिभिजन लिगको प्रारम्भिक ब्रेकपछि एन्फाले तीन देश सम्मिलित थ्री नेसन्स कप आयोजनाको तयारी गरेको हो ।

नेपालले आगामी चैतमा भुटान र लाओसलाई समावेश गर्दै प्रतियोगिता आयोजनाको तयारी थालेको हो । प्रतियोगिता आयोजनाका लागि एन्फाले कार्यसमिति बैठकमा प्रतियोगिता आयोजनाको एजेण्डा समेत समावेश गरेको छ । एन्फा कार्यसमिति बैठक फागुन १७ गते काठमाडौँमा बस्दैछ ।

नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button