तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति उम्मेदवारबारे निर्णय लिन एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बोलाइएको छ । राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन र यही फागुन २५ गते निर्वाचन हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button