तपाईँ सुन्दै हुनुहुन्छः

७३ औँ प्रजातन्त्र दिवसको अवसरमा प्रथम इनरुवा दौड प्रतियोगिता सम्पन्न

सुनसरी । ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा सुनसरीको  इनरुवामा पहिलो पटक चार सय बढी धावकहरूको सहभागितामा प्रथम इनरुवा दौड प्रतियोगिता सम्पन्न भएको छ । 

इनरुवा नगरपालिकाको सहयोगमा इनरुवा इभेन्ट म्यानेजमेटको आयोजनामा सम्पन्न भएको प्रथम इनरुवा दौड प्रतियोगिताको उपाधि नेपाल प्रहरीका किरण लिम्बुले चुम्नुभएको छ । 

इनरुवा दौड प्रतियोगितामा भिया लिम्बु द्वितीय, प्रशान्त तामाङ तृतीय हुनुभएको छ । त्यसैगरी उत्कृष्ट १० मा कौशल राई, सरोज सिंह, अमर यादव, सरोज लिम्बु, नवीन गुरुगं, विजय राई र विर्ख बहादुर दोर्जे सहितका पुरस्कृत हुनुभएको छ ।

त्यसैगरी महिला तर्फ रिक्की लिम्बु पहिलो हुनुभएको छ । प्रथम सहित टप टेनलाई इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले नगद, साइकल सिल्ड र प्रमाण पत्र वितरण गर्नुभएको छ । प्रमुख भण्डारीले इनरुवाको पहिचान र खेलकुदको विकास, शारीरिक तथा मानसिक विकासका लागि आफूले पहिलो पटक प्रथम इनरुवा दौड प्रतियोगिताको आयोजना गरेको र चार बढी धावकहरू सहभागी भएकोमा खुसी व्यक्त गर्नुभयो ।

भण्डारीले उपाधि सहित पहिलो र टपटेनमा पर्न सफल भएकाहरूलाई बधाई सहित प्रजातन्त्र दिवसको अवसरमा शुभकामना समेत व्यक्त गर्नुभयो ।  

प्रतियोगितामा जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, नेपाली काग्रेंसका केन्द्रिय सदस्य राजीव कोइराला, पूर्व राज्यमन्त्री सिताराम मेहता, सशस्त्र प्रहरी उपरीक्षक, जिल्ला अस्पतालका प्रमुख डा. देवराज घिमिरे, इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई सहित ४१० जना धावकहरूले सहभागिता जनाउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button