प्रदेश सभा बैठक : विभिन्न विषयमा सरकारको ध्यानाकर्षण
जनकपुरधाम । मधेश प्रदेश सभाको आज सम्पन्न भएको बैठकमा प्रदेश सभाका सदस्यहरुले विशेष समयमा विभिन्न समसामयिक विषयमा नेपाल सरकार तथा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा अधिकांश प्रदेश सभाका सदस्यहरुले प्रदेशको शिक्षा, स्वास्थ्य, कृषि विकास निर्माण, सुशासन तथा हुलाकी राजमार्गको निर्माणमा भएको ढिलाइका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सप्तरी, धनुषा तथा सिरहा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभाका सदस्यहरुले हुलाकी सडकको निर्माणमा भएको ढिलाइ तथा कमला नदीको पुलको विषयमा ध्यानाकर्षण गर्नुभएको थियो ।
प्रदेश सभाका सदस्यहरुले प्रदेशमा सुशासनको अभाव रहेको बताउँदै सुशासन नभएका कारणले नै प्रदेशको बदनामी भएको बताउनुभयो । यसका साथै विभिन्न बहानामा सङ्घीयताको विरोध गर्ने दलका नेताहरूलाई प्रदेश सभाका सदस्यहरुले खबरदारी गर्नुभएको छ ।
यसरी धारणा राख्नेहरूमा नेकपा एमालेका दीपेन्द्र ठाकुर, नेपाली काँग्रेसका शेषनारायण यादव, नेकपा एमालेका हरिनारायण महतो, शारदा देवी थापा, नेकपा माओवादी केन्द्रका माला देवी कर्ण, नेकपा एसका रत्नेश्वर गोइत, जनमत पार्टीका सतिश कुमार सिंह लगायत हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्