भोजपुरका पुराना कवि मोक्तानलाई प्रतिभा पुरस्कार

भोजपुर । भोजपुरका पुराना कवि शेरबहादुर मोक्तानलाई भोजपुर प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ ।
मोक्तान भाईको नामले परिचित उहाँलाई भोजपुर प्रतिभा पुरस्कार २०७९ बाट सम्मान गर्न लागिएको हो । त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुर अन्तर्गत स्थापित उक्त पुरस्कार मोक्तानलाई प्रदान गरिने निर्णय भएको प्रतिष्ठानका जिल्ला अध्यक्ष सुवास बिभासले जानकारी दिनुभयो । मोक्तानका मेरा भूतकालीन बकपत्रहरू, बिर्सिएका अनुहारहरू, संक्षिप्त बुद्ध महिमा, याम्बु क्याप्सुङ्छे’ लगायतका कृतिहरू प्रकाशन भई सकेका छन् ।
२०७८ सालमा स्थापना भएको यो पुरस्कार प्राप्त गर्ने उहाँ पहिलो सर्जक हुनुहुन्छ । पुरस्कारको राशि २२ हजार दुई सय बाइस रुपैयाँ रहेको छ । पुरस्कार प्रत्येक वर्ष प्रतिष्ठान स्थापना दिवसको दिन हस्तान्तरण गरिने प्रतिष्ठानका अध्यक्ष विभासले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्