नेपाल विश्वविद्यालय विधेयक दफावार छलफलका समितिमा

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि यही माघ २३ गते निर्वाचन हुने भएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदको निर्वाचन मिति तोक्दै त्यस सम्बन्धी सूचना प्रकाशित गर्न संसद् सचिवालयलाई निर्देशन दिनुभयो ।
राष्ट्रियसभाका निवर्तमान उपाध्यक्ष शशीकला दाहालको २०७८ फागुन २० गते कार्यकाल सकिएपछि सो पद रिक्त रहेको थियो ।
यस्तै, राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले पेश गर्नुभएको नेपाल विश्वविद्यालय विधेयक–२०७९ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
राष्ट्रियसभाको अर्को बैठक माघ २३ गते सोमबार ११ः५९ मा बस्ने छ ।







प्रतिक्रिया राख्नुहोस्