तपाईँ सुन्दै हुनुहुन्छः

जर्मनीको रेलमा भएको आक्रमणमा आतङ्ककारी समूहको सम्लग्नता नदेखिएको भनाइ

बर्लिन। जर्मनीमा बुधबार रेलमा भएको चक्कु आक्रमणमा आतङ्कवादी उद्देश्यको कुनै सङ्केत नदेखिएको जर्मनीका अभियोजनकर्ताहरूले बिहीबार बताएका छन् ।

उक्त घटनामा दुई किशोरको मृत्यु हुनुका साथै अन्य कैयौँ यात्रु घाइते भएका थिए ।

उत्तरी शहर ह्याम्बर्ग र किएलबीचको रेलमार्गमा गुडिरहेकोे रेलमा बुधबार भएको छुरा प्रहारको आरोपमा ३३ वर्षीय प्यालेस्टिानी मूलका एक व्यक्तिलाई पक्राउ गरिएको थियो ।

स्थानीय अभियोजक कार्यालयका प्रवक्ता पिटर मुलर–राकोले एएफपीसँग भन्नुभयो, “घटनामा आतङ्कवादी पृष्ठभूमिको कुनै सङ्केत प्राप्त भएको छैन । आक्रमण र संदिग्ध व्यक्तिको विगतबारे अनुसन्धान जारी रहेको छ ।”

आक्रमणमा परी एक १६ वर्षीया किशोरी र १९ वर्षीय युवकको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए ।

यात्रुहरूले संदिग्धलाई नियन्त्रणमा लिन मद्दत गरेका थिए । आक्रमणकारीलाई ब्रोक्सस्टेड शहरको रेलवे स्टेशनमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार कुनै निश्चित बासस्थान नभएका ती संदिग्ध हालै मात्र अर्को एक आक्रमणको मुद्दामा जेल परी रिहा भएका थिए ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button