तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताउनुभएको छ ।

मारवाडी सेवा समाजको ७०औँ साधारणसभालाई आज काठमाडौंमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले आफूलाई अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले निजी र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत् आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्नेतर्फ अग्रसर भएर लागि रहेको बताउनुभयो ।

उहाँले मारवाडी सेवा समाजले निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले तीन सय शैय्याको अस्पताल बनाउनेमा सरकारको तर्फबाट आवश्यक जग्गा उपलब्ध गराउने पहल गर्ने प्रतिबद्धता जनाउनुभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button