तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक विकास र समृद्धि आजको आवश्यकता : मन्त्री राई

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले देशको आर्थिक विकास, समृद्धि र आर्थिक रूपान्तरण आजको आवश्यकता भएको बताउनुभएको छ । उहाँले आर्थिक रूपान्तरण गर्न सबै जुट्नुपर्ने धारणा राख्नुभयो ।

काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको तमु सोनाम तथा ग्याल्वो ल्होछार शुभकामना कार्यक्रममा मन्त्री राईले देशलाई माथि उठाउन सबै जना एकजुट हुनुपर्ने बताउनुभयो । नेपाल बहुजाति र बहुभाषी देश भएकाले यो देशलाई माथि उठाउन धर्म तथा संस्कृतिलाई बचाउनुपर्ने बताउनुभयो ।

बूढानीलकण्ठ नगर प्रमुख मिठाराम अधिकारीले नयाँ संस्कार र संस्कृतिको प्रभाव बढ्दै जाँदा आफ्ना मौलिक संस्कृति हराएर जाने खतरा देखेपछि मौलिक, कला, परम्परा, संस्कृति संरक्षणमा नगरपालिका जागरूक बनेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button