तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरुङ निर्वाचित

कर्णाली । कर्णाली प्रदेशको सभामुख पदमा सत्तारुढ दलका तर्फबाट नेकपा (एमाले) की नन्दा गुरुङ निर्वाचित हुनुभएको छ । 

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले सभामुखमा गुरुङलाई बहुमतले निर्वाचित गरेको हो । 

प्रदेशसभाका ज्येष्ठ सदस्य हिक्मतबहादुर विष्टले बैठक सञ्चालन गर्दै कर्णाली प्रदेशसभा नियमावली, २०७९ को उपनियम ७ को उपनियम ६ बमोजिम मत विभाजन गर्नुभयो ।

प्रदेशसभामा रहेका ४० सदस्यमध्ये बैठकमा उपस्थित ३८ सदस्यमध्ये गुरुङको पक्षमा २४ जनाले मतदान गर्नुभएको थियो । उहाँ समानुपातिकतर्फ सुर्खेतबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

यस्तै सभामुख पदका उम्मेदवार नेपाली काँग्रेसका खड्ग पोखरेलले १४ मत प्राप्त गर्नुभएको थियो ।  

एमाले सुर्खेतबाट समानुपातिकमा निर्वाचित सभामुख गुरुङको कर्णालीको इतिहासमा पहिलो महिला सभामुख हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button