तपाईँ सुन्दै हुनुहुन्छः

खुदोमा बिचौलियाको बिगबिगी

पोखरा । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नंं ३२, मालेपाटन र ढोड बेसीका सयौँ परिवारले पुर्ख्यौली पेसाका रुपमा उखु खेतीलाई निरन्तरता दिइरहेका छन् । पछिल्लो समय विक्रीमा समस्या नभए पनि पुस्तौँदेखि चल्दै आएको उखु खेती र खुदोको ब्रान्ड र गुणस्तरमा भने समस्या देखिएको छ ।

बिचौलियाले चितवन र तराईको सस्तो र गुणस्तरहीन खुदो किनेर मालेपाटन ढोड बेसीको भनी विक्री गर्न थालेपछि ब्रान्ड र पुर्ख्यौली पेसामा संकट देखिएको किसानहरूको गुनासो छ ।

पुस पन्ध्र र माघे सङ्क्रान्ति लगायतका विभिन्न चाड पर्व, मेला, महोत्सव, विवाह, व्रतबन्ध, मर्दा पर्दामा खुदो खाने चलन चलिआएको छ । यहाँको खुदो कास्कीका साथै तनहुँ, लमजुङ, स्याङ्जा, वाग्लुङ, पर्वत लगायतका छिमेकी जिल्लामा समेत बिक्री वितरण हुने गर्दछ । खुदोबाट विभिन्न परिकार र खाजाको रुपमा कसार, सेलरोटी, चिउरा, मकैमा समेत मिलाएर खाने गरिन्छ ।

अन्य भन्दा उखु खेतीमा बढी उत्पादन र आम्दानी हुँदै आएकोले यसतर्फ किसानहरू बढी आकर्षित भएको देखिन्छ ।

उपभोक्ताहरूलाई ढोड बेसीकै खुदो चिनेर प्रयोग गर्न र नक्कली तथा गुणस्तरहीन खुदो उपयोग नगर्न उत्पादक किसानहरूले आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button