सुर्खेतमा प्रदर्शनी मेला आयोजना गरिँदै
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा दोस्रो राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा नवीनतम प्रविधि प्रदर्शनी मेला आयोजना गर्न लागिएको छ ।

कर्णाली प्रदेशका लघु घरेलु तथा साना उद्योगको बजार प्रवद्र्धन एवं रोजगारी सृजना गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कर्णाली प्रदेशले आउँदो माघ १३ देखि २१ गतेसम्म प्रदर्शनी मेला आयोजना गर्न लागेको हो ।
मेलामा प्रदेशका महिला उद्यमीहरूले उत्पादन गरेको वस्तु तथा सामाग्रीहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणका लागि मञ्च तयार गर्न मुख्य उद्देश्य रहेको प्रदर्शनी मेला आयोजक समितिका संयोजक चन्द्रबहादुर बिसीले मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
उहाँले लघु घरेलु तथा साना उद्यमीले तयार गरेका गलैँचा, राडीपाखी, पस्मिनाका वस्तु, ऊनी, लिउ, फेरुवा, अल्लो तथा गाँजाबाट बनेका कपडाहरू, ढाका, पोते, काठ, ढुङ्गा, धातु कला, सेरामिक्स, भाँडाकुँडाहरू, बास र बेत बाँसबाट तयार गरिएका वस्तुहरूको प्रदर्शनी मुख्य आकर्षण रहने बताउनुभयो ।
उहाँका अनुसार ५ पाँच लाख दर्शकबाट अवलोकन गरिने मेला तथा प्रदर्शनीबाट करिब ४ करोड रुपैयाँको कारोबार हुने अपेक्षा राखिएको छ ।







प्रतिक्रिया राख्नुहोस्