अमेरिकी संसदको सभामुख चयन अनिश्चितता तर्फ

काठमाडौं । अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाको सभामुख चयन अनिश्चितता तर्फ धकेलिएको छ ।
प्रतिनिधिसभामा बहुमत रहेको रिपब्लिकन पार्टीका नेता केभिन मिक्कार्थी विगत तीन दिनमा ११ पटक निर्वाचन मार्फत सभामुखमा निर्वाचित हुन असफल भएपछि अमेरिकी संसदमा अनिश्चितता बढेको हो ।
निर्वाचित हुन २१८ मत चाहिनेमा मिक्कार्थीलाई आफ्नै पार्टीका सांसदले मत नदिँदा उहाँको प्राप्त मत २०० हाराहारीमा मात्र रहेको सञ्चार संस्था अलजजिराले जनाएको छ ।
यस्तो अवस्था सन् १८५९ पछि पहिलो पटक सिर्जना भएको हो । सन् १८५९मा सभामुख चयन गर्न १० पटक निर्वाचन गर्नु परेको थियो ।







प्रतिक्रिया राख्नुहोस्