प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री कार्यालयको नयाँ भवन अवलोकन(फोटोफिचर)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ भवनमा रहेका विभिन्न संरचनाको अवलोकन गर्नुभएको छ ।

प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचौँ तलामा निर्माणाधीन हल, मन्त्रालयका अन्य कार्यकक्ष लगायतका संरचनाको निरीक्षण तथा अवलोकन गर्नुभएको हो ।

प्रधानमन्त्रीले भवनको छतमा पुगेर सिंहदरबारस्थित अन्य भवन तथा संरचनाहरूको समेत अवलोकन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

सो क्रममा मुख्य सचिव शंकरदास बैरागीले प्रधानमन्त्रीलाई सिंहदरबारमा निर्माणाधीन संसद् भवन, जीर्ण अवस्थामा रहेको पुरानो संसद् भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा भावी परिकल्पना गरिएका संरचनाका बारेमा विस्तृत जानकारी दिनुभएको थियो ।















प्रतिक्रिया राख्नुहोस्