तपाईँ सुन्दै हुनुहुन्छः

धानको समर्थन मूल्य तोक्ने मागसहित किसानहरू आन्दोलनमा

वीरगञ्ज । नेपाल किसान महासंघ पर्साले आज धानको समर्थन मूल्य कार्यान्वयनको लागि खाद्य संस्थान वीरगञ्जमा धर्ना दिएको छ ।

र्‍यालीसहित नगर परिक्रमा गर्दै किसानहरूले धानको समर्थन मूल्य कायम तथा मल उपलब्ध गराउनुपर्ने माग गर्दै धर्ना दिएका हुन् । असर्फी साह तेलीको नेतृत्वमा खाद्य संस्थान पुगेका किसानहरूले राज्यले किसानप्रति गरेको भेदभाव तत्काल समाधान नगरे केही समयभित्र पर्साभरिका किसानहरूलाई उतारेर कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन् ।

अर्का किसान नेता सहरुम राउत गद्दीले सरकारले किसानहरूले उत्पादन गरेको धानको मूल्य नतोक्नु किसानमाथिको खेलबाड भएको आरोप लगाउनुभयो ।

उहाँले भारतबाट किसानहरूले नक्कली मल चर्को मूल्यमा खरिद गरी गहुँको बाली लगाउनुपर्ने अवस्था भएकोले तत्काल समस्याको समाधान हुनुपर्ने माग गर्नुभयो । स्थानीय सरकारले पनि किसानहरूको लागि केही नगरेको आरोप किसान नेताहरूले लगाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button