तपाईँ सुन्दै हुनुहुन्छः

एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच भेटवार्ता

भक्तपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।

ओली निवास बालकोटमा आज साँझ भएको भेटमा बधाई साटासाट र समसामयिक राजनीतिक विषयमा छलफल भएको नेता सिंहको सचिवालयले जनाएको छ ।

भेटमा सामान्य चुनावी समीक्षा र समसामयिक राष्ट्रिय राजनीतिको बारेमा दुई नेता बीचमा कुराकानी भएको नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले बताउनुभयो ।

नयाँ सरकार गठनको कसरत भइरहेका बेला अध्यक्ष ओली र नेता सिंहबिच भेटवार्ता भएको हो ।

मङ्सिर ४ गतेको निर्वाचनमा सिंह काठमाडौँ क्षेत्र नं.१ बाट निर्वाचित हुनुभएको छ भने ओली झापा क्षेत्र नं.५ बाट निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button