जनअपेक्षा अनुसार काम गर्ने नवनिर्वाचित सांसदहरूको प्रतिबद्धता
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक १ र २ बाट नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यलाई निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र वितरण गरेको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ बाट विजयी नेकपा(माओवादी केन्द्र)का माधव सापकोटा, निर्वाचन क्षेत्र नं २ बाट विजयी नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत, निर्वाचन क्षेत्र नं १ का प्रदेशसभा सदस्य पदमा नेपाली कांग्रेसका मसिना खड्का, क्षेत्र नं १ को प्रदेशसभा (२) मा नेकपा (माओवादी केन्द्र)का सरल पौडेल, निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा नेकपा माओवादी केन्द्रका युवराज दुलाल र क्षेत्र नं २ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका कृष्णकुमार तामाङले निर्वाचित प्रमाणपत्र ग्रहण गर्नुभयो ।
उहाँहरूलाई प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश विदुर कोइराला र निर्वाचन अधिकृत रुद्र सुवेदीले प्रमाणपत्र प्रदान गर्नुभयो ।
नव निर्वाचित सांसद बस्नेतले बाढी प्रभावितका समस्या समाधान र विकास निमार्णको कामलाई प्राथमिकता दिने बताउनुभयो ।
अर्का नवनिर्वाचित सांसद माधव सापकोटाले कानुन निमार्णसंगै जनअपेक्षा अनुसार विकासका काम गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्