तपाईँ सुन्दै हुनुहुन्छः

खोटाङबाट प्रतिनिधिसभा सदस्यमा राई विजयी

खोटाङ । प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का रामकुमार राई विजयी हुनुभएको छ ।

उहाँले नेकपा (एमाले)का विशाल भट्टराईलाई दुई हजार छ सय ६९ मतान्तरले पछाडि पार्नुभएको थियो ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा निर्वाचनमा ६७ हजार तीन सय ७३ मत खसेकामा गठबन्धनका साझा उम्मेदवार पासाङले ३१ हजार तीन सय ५१ मत प्राप्त गरेर विजयी हुँदा एमालेका भट्टराईले २८ हजार ६८२ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button