तपाईँ सुन्दै हुनुहुन्छः

गोरखा १ मा कांग्रेसका राजेन्द्र बजगाई बिजयी

गोरखा। गोरखा प्रतिनिधिसभा क्षेत्र नं. १ मा वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राजेन्द्र बजगाई विजयी हुनु भएको छ । नेपाली कांग्रेसका बजगाइले प्रतिद्वन्दीभन्दा दोब्बर मतान्तरले विजयी हुनु भएको हाे ।

बजगाइले नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेतलाई फराकिलो मतान्तरले पराजित गर्नुभयो । बजगाईले ३३ हजार ४ सय २८ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी बस्नेतले भने १६ हजार ७ सय ८५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button