मतदान केन्द्रमा वृद्धको निधन

म्याङ्लुङ I तेह्रथुममा मतदान गर्न मतदान केन्द्रमा पुगेका एक वृद्धको निधन भएको छ । लालीगुराँस नगरपालिका–८ सोल्मास्थित रत्न मावि मतदान केन्द्रमा भोट हाल्न पुग्नुभएका ८८ वर्षीय योङहाङ दीप लिम्बूको मतदान केन्द्रमै निधन भएको हो । रत्न मावि मतदान केन्द्रको गेटमा पुगेपछि लिम्बू लड्नुभएको थियो । वृद्ध उच्च रक्तचापको बिरामी रहेको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जनाकारी दिनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्