तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा ५६ प्रतिशत मत खसेको अनुमान

डडेल्धुरा । डडेल्धुरामा ५६ प्रतिशत मत खसेको अनुमान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराका अनुसार ५६ प्रतिशत मत खसेको आकलन गरिएको छ ।

जिल्लामा बिहानैबाट शान्तिपूर्ण तरिकाले मतदान भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । वाग्लेले भन्नुभयो ‘५५/५६ प्रतिशत मत खसेको हामीले अनुमान गरेका छौ । एकीन तथ्याङ्क अब सबै क्षेत्रबाट के कति मत खसेको छ भन्ने विवरण आएपश्चात् थाहा हुन्छ ।’

जिल्लाका १ सय १ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भएको वाग्लेको भनाइ छ । जिल्लामा यो चुनावको लागि ९१ हजार दुई सय १ मतदाता रहेका छन् भने एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेश सभा क्षेत्र रहेको छ । प्रतिनिधि सभाको एक सिटका लागि ८ जना चुनावी मैदानमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button