तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा १०५ वर्षका पुरुष र ९८ वर्षको महिलाले गरे मतदान 

जनकपुरधाम । धनुषा जिल्लाको मुखियापट्टी मुसरनीया वडा नंं ४ तुलसीयाहीमा रहेको वैद्यनाथ देव जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा ९८ वर्षका वृद्ध महिलाले मतदान गर्नु भएको छ । 

सोही वडाका कवीन्द्र नाथ ठाकुरका आमा वर्ष ९८ की इन्दिरा देवी ठाकुरले मतदान गर्नु भएको छ । ७० वर्ष देखि मतदान गर्दै आउनु भएकी ठाकुर आफै पुगेर मतदान गर्नु भएको छोरा कवीन्द्र ठाकुरले जानकारी दिनु भएको छ । 

मतदान स्थलमा पुगेर मतदान गरेपछि ठाकुरले आफूले पञ्चायत काल देखि नै मतदान गर्दै आएको बताउँदै अहिले गणतन्त्रमा आएर मतदान गरेकोमा खुशी व्यक्त गर्नु भयो । आफूले असल जनप्रतिनिधिको पक्षमा मतदान गर्नु भएको छ । 

यसैगरि जनकपुरधामको वडा नंं ११ का वर्ष १०५ का मनक दासले जनकपुरधामको वडा नंं ११ मा रहेका लक्ष्मण अखणमा रहेको मतदान केन्द्रबाट मतदान गर्नु भएको उहाँका नाति विक्रम दासले जानकारी दिनु भएको छ । नागरिकता अनुसार उहाँको उमेर ९६ वर्षको भएपनि वास्तविक उमेर १०५ वर्ष रहेको छ ।  

दलित भएका कारणले नागरिकता बनाउँदा उमेर घटाएर बनाई दिएको उहाँले जानकारी दिनु भयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button