सुनसरीमा दिउँसो २ बजे सम्म ५० प्रतिशत मतदान

सुनसरी । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार दिउँसो २ बजे सम्म ५० प्रतिशत मतदान भएको जनाएको छ ।
जिल्लामा एक हजार ४८१ जना नेपाल प्रहरी, दुई हजार ५९५ जना म्यादी प्रहरी ४० जना नेपाली सेना, ७३९ जना सशस्त्र प्रहरी, १९ जना राष्ट्रिय अनुसन्धानका गरि पाँच हजार २७४ जना सुरक्षाकर्मी परिचालन भएको हो ।
निर्वाचन शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाल प्रहरी सहितको विभागको जनशक्ति परिचालन गरिएको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्