तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा मतदान

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ ।उहाँले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ केन्द्रमा मतदान गर्नुभएको हो ।

ओलीले उत्साह र शान्तिपूर्णरूपमा निर्वाचन भइरहेको बताउनुभयो । उहाँले अहिलेसम्म मतदान नगरेकाहरूलाई मतदान केन्द्रमा गएर मतदान गर्न आग्रहसमेत समेत गर्नुभयो ।

‘आफूलाई मन परेको पार्टी र उम्मेदवारलाई मत हाल्नुहोस् । तर, मतदान प्रक्रियामा सहभागी चाहिँ हुनुहोस्’, ओलीको भनाइ थियो ।एमालेले बहुमत ल्याउँछ भन्ने आँकलन गरेको छु । अहिलेसम्म पनि त्यही देखेको छुउहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button