तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको भानुमा ११३ वर्षीया जेष्ठ नागरिकद्वारा मतदान

तनहुँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज तनहुँमा ११३ वर्षीया जेष्ठ नागरिकले मतदान गरेका छन् ।

जिल्लाको भानु नगरपालिका ५ की गोपीमाया पोख्रेलले सोही वडाको सेपाबगैंचा स्थित महादेवता प्रा.वि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

तनहुँका ३०५ वटै मतदान केन्द्रमा आइतबार बिहानदेखि मतदान सुरु भएको छ । तनहुँमा १ लाख १९ हजार ६५० जना पुरुष र १ लाख २८ हजार ८४५ जना महिला गरी कूल २ लाख ४८ हजार ४९५ मतदाता कायम भएका छन् ।

तनहुँमा प्रतिनिधि सभाका दुई र प्रदेश सभाका चार सिटका लागि आज भईरहेको निर्वाचनमा गठबन्धन र एमालेका सहित ५७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

जिल्लाभर स्थायी मतदान केन्द्रको सङ्ख्या भने ३०५ रहेको छ । जिल्लामा मतदानस्थल भने १४२ वटा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button