कास्कीमा मतदान शुरु, मतदाताको उत्साह जनक सहभागीता
कास्की।कास्कीमा उत्साह जनक रुपमा मतदान शुरु भएको छ । कास्की सबै मतदान केन्द्रमा बिहान देखी नै उत्साहजनक रुपमा मतदानमा सहभागी भएको निर्वाचन कार्यालयले जनाएको छ ।
कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र छन् । जिल्लाभरी २ हजार ७ सय ५२ जना कर्मचारी निर्वाचनका लागि खटिएका छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाताले मतदान गर्ने छन् ।

गण्डकीमा प्रतिनिधिसभा १८ र प्रदेशसभाका ३६ निर्वाचन क्षेत्र छन् । प्रदेशभर १ हजार २ सय ८३ मतदानस्थल अन्तर्गत २ हजार ३ सय ३९ मतदान केन्द्र रहेका छन् । प्रदेशभर १८ लाख १७ हजार ५ सय ४१ मतदाता रहेका छन् ।गण्डकी प्रदेशमा कास्की सबैभन्दा धेरै छन् भने सबैभन्दा कम मनाङमा छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ र मनाङमा मात्र ६ हजार ७ सय ७९ रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशका अर्थमन्त्री तथा कास्की क्षेत्रनम्बर ३ का उमेद्वार रामजीप्रसाद बराल जीवनले पोखरा २२ को महेश्वरी मा।वि।मा मतदान गर्नु भएको छ । बिहान करिब ७ः०० बजे महेश्वरी मा।वि।को ग मतदान केन्द्रमा मतदान गरेका गर्नु भएको हो । पोखरा २२ मा ३ मतदान स्थलमा ७ केन्द्र रहेका छन भने जसमा ६ हजार ८ सय ४ जना मतदाता रहेका छन् ।

कास्की क्षेत्र नम्वर २ प्रतिनिधी सभा उम्मेदवार विद्या भटराईले भरतपोखीमा रहेको शान्तीउदय मतदान केन्द्रवाट मतदान गर्नु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्