अमेरिकी सदन कङ्ग्रेसको तल्लो सदनमा रिपब्लिकन पार्टीको बहुमत

काठमाडौं । अमेरिकी संसद कङ्ग्रेसको तल्लो सदन प्रतिनिधिसभामा रिपब्लिकन पार्टीले २१८ सिट सहित बहुमत प्राप्त गरेको छ ।
रिपब्लिकन पार्टीले बहुमत प्राप्त गरेसँगै राष्ट्रपति जो बाइडनलाई बाँकी दुई वर्षमा आफ्नो नीति तथा कार्यक्रम सदनबाट अनुमोदन गर्न कठिन हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीले उल्लेख गरेको छ ।
राष्ट्रपति बाइडनको डेमोक्राटिक पार्टीले भने माथिल्लो सदन सेनेटमा बहुमत प्राप्त गरेको छ ।
यसैबीच पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा उठ्ने घोषणा गर्नु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्