प्रधानमन्त्री देउवाले भोलि अछामका २ चुनावी सभालाई सम्बोधन गर्नुहुने
अछाम । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि अछाममा हुने २ चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ ।

अछामका २ ठाउँमा हुने गठबन्धनका चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा अछाम आउन लाग्नुभएको नेपाली कांग्रेस अछामका सहसचिव दिनेश कुमार स्वाँरले जानकारी दिनुभयो ।
मङ्सिर १ गते अछाम जिल्लाको क्षेत्र नम्बर १ को चौरपाटीमा बिहान १० बजे र क्षेत्र नम्बर २ को सदरमुकाम मङ्गलसेनमा हुने आमसभामा बिहान ११ बजे सहभागी हुन देउवा अछाम आउन लाग्नुभएको कांग्रेस अछामले जनाएको छ ।
उहाँसँगै सत्ता गठबन्धन दलका अन्य नेताहरूको समेत कार्यक्रममा सहभागिता रहने नेविसंघ अछामका सचिव तथा निर्वाचन परिचालन समिति क्षेत्र नं २ का संयोजक बम स्वाँरले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्