तपाईँ सुन्दै हुनुहुन्छः

गठबन्धन पछिसम्म कायम रहन्छ: मन्त्री कुँवर

अछाम । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले गठबन्धनले जितेमा यस क्षेत्रका विकास निर्माणका कामले गति लिने बताउनुभएको छ ।

अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनु भएका कुँवरले गठबन्धनले जितेमा सेती लोकमार्गको काम तीन वर्षमा सम्पन्न गर्ने, वुढीगंगा जलविद्युत आयोजनाका कामलाई तीव्रता दिने, वयालपटा अस्पताल र एयरपोर्टको स्तरोन्नति, वुढीगंगा नदीले गर्दै आएको कटान न्यूनीकरण लगायतका अछामका गौरवका आयोजनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

देशको अग्रगमन र विधिको शासनको लागि गठबन्धन बनेको र यो पछिसम्म कायम रहने उहाँको भनाइ छ ।

यस्तै एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य एवम् पूर्व कानून मन्त्री गोविन्द बन्दीले संविधान र लोकतन्त्रको रक्षाको लागि पाँच पाँचदलीय गठबन्धन बनेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button