तपाईँ सुन्दै हुनुहुन्छः

मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय

काठमाडौं । सरकारले आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने २ गतेदेखि ५ गतेसम्म बन्द हुनेछन् ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरू २ गतेदेखि ५ गतेसम्म तथा सरकारी कार्यालय र सार्वजनिक निकायहरु ४ र ५ गते बन्द हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button