धनुषाको पशुसेवा मतदान केन्द्रमा महिला कर्मचारी मात्र परिचालन
जनकपुरधाम । यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावमा धनुषा क्षेत्र नंं ३ को जनकपुरधाम उपमहानगरपालिकाको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको मतदान केन्द्रमा महिला कर्मचारीहरू मात्र खटाइएको छ ।
उक्त मतदान केन्द्रको मतदान अधिकृतमा उच्च अदालत जनकपुरधामका उपसचिव नुतन झाको नेतृत्वमा ८ जना महिला कर्मचारी नै खटाइएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनु भएको छ ।
सहायक मतदान अधिकृतमा उच्च अदालतकै अधिकृत सङ्गीता सिंहलाई राखिएको छ । यसै गरि सबै सहायक कर्मचारी तथा कार्यालय सहयोगी पनि महिला नै राखिएकाले यो मतदान केन्द्र नमूना मतदान केन्द्रको रुपमा रहेको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिनुभयो ।
पशु सेवा विज्ञ केन्द्र रहेको मतदान केन्द्रमा अधिकांश महिला सुरक्षाकर्मी नै परिचालन हुने धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिनु भएको छ । धनुषा जिल्ला भरिमा यस पटक ३ सय २२ मतदान स्थलमा ६ सय ५ वटा मतदान केन्द्र रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्