प्रमुख आयुक्तसँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले आज आयोगको कान्तिपथस्थित कार्यालयमा शिष्टाचार भेट गर्नुभयो ।

उक्त अवसरमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्