तपाईँ सुन्दै हुनुहुन्छः

सल्यान कारागारका १८ कैदीबन्दीले मतदान गर्न पाउने 

सल्यान । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सल्यान कारागारका १८ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् ।

विभिन्न मुद्दामा कारागार चलान भएका ४ महिला र १४ पुरुष गरी १८ कैदीबन्दीले मतदान गर्न पाउने सल्यान कारागार प्रशासनले जनाएको छ । 

कैदीबन्दीले मतदान गर्न कारागार भित्रै अस्थायी मतदान केन्द्र स्थापना गरिने जिल्ला निर्वाचन कार्यालय सल्यानका प्रमुख निमराज भट्टराईले जानकारी दिनुभयो । 

मतदाता नामावली सङ्कलनका समयमा दर्ता गराएका कैदीबन्दीहरुले मात्र मतदान गर्न पाउने व्यवस्था भएकाले मतदाता नामावली भएका १८ कैदीबन्दीले मात्र मतदान गर्न पाउने उहाँको भनाई छ । 

कैदीबन्दीहरुले कारागारबाट प्रतिनिधिसभा अन्तर्गत समानुपातिकमा मात्र मतदान गर्न पाउने भट्टराईले बताउनुभयो । 

कारागार प्रमुख राजन कडेलका अनुसार कारागारमा २ नाबालक, र १ सय २६ कैदीबन्दी रहेका छन् । १ सय २८ कैदीबन्दी भए पनि १८ कैदीबन्दीले मात्र अस्थायी मतदाता नामावलीमा नाम रहेको उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button