तपाईँ सुन्दै हुनुहुन्छः

खप्तड केन्द्र बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भुकम्प

बैतडी।बैतडी सहित सुदूरपश्चिममा मध्यराती भूकम्पको धक्का महसुस गरिएको छ ।

राती २ बजेर १२ मिनेटमा डोटी स्थीत खप्तड राष्ट्रिय निकुञ्जको खप्तड बाबा आश्रम लाई केन्द्र विन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि राती ९ बजेर ७ मिनेटमा दिपायल केन्द्र विन्दु बनाएर ५.७ म्याग्नेच्युटको भूकम्प गएको थियो । भुकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button