तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा राजमार्गमा नयाँ भाडादर निर्धारण, १५ प्रतिशत वृद्धि

जुम्ला । कर्णाली राजमार्गमा नयाँ भाडादर निर्धारण गरिएको छ ।

गत साता जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको बैठकले कर्णाली राजमार्गमा सञ्चालन हुने यात्रुवाहक सवारी साधनहरूको भाडा दर १५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको हो ।

अर्को व्यवस्था नहुन्जेल सम्मका लागि विगत कायम भएको भाडामा १५ प्रतिशत वृद्धि गरिएको हो । यद्यपि, सरकारी मापदण्डमा पहाडी क्षेत्रमा १० प्रतिशतभन्दा बढी भाडा वृद्धि गर्न नपाइने प्रावधान छ । यातायात व्यवसायीले भाडा नघटाउने अडान राखेपछि विगतको भाडामा १५ प्रतिशत वृद्धि गर्ने सहमति भएको हो ।

जुम्ला, कालिकोट र सुर्खेत, नेपालगन्ज र काठमाडौँको नयाँ भाडा दर कायम गरिएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button