तपाईँ सुन्दै हुनुहुन्छः

समृद्धि र स्थिरताका लागि गठबन्धन: मन्त्री कार्की

सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा समृद्धि र स्थिरताका लागि साझा गठबन्धनको आवश्यकता रहेको बताउनुभएको छ ।

सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं ४ का विभिन्न स्थानमा आज आयोजित सभामा मन्त्री कार्कीले विकास र समृद्धिका लागि गठबन्धन लागिपरेकोले जनता अब कसैको झुटो आश्वासनमा विश्वास नगर्ने दाबी गर्नुभयो ।

मन्त्री कार्कीले सुनसरी निर्वाचन क्षेत्र नं ४ लाई विराटनगर–धरानसँग जोड्न कुनै कसर बाँकी नराख्ने र यस क्षेत्रमा रहेका प्रशस्त सम्भावनालाई अवसरमा बदल्ने बताउनुभयो ।

हरेक वर्ग, जातजाति, समुदायलाई समान हक र अधिकार सुनिश्चित गर्ने बताउनुहुँदै मन्त्री कार्कीले यस क्षेत्रका बेरोजगार युवाहरूलाई रोजगारीको सृजना गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button