जनकपुरधामका निकै भेट फर्मा मापदण्ड विपरीत सञ्चालनमा, कारबाहीको चेतावनी
जनकपुरधाम । जनकपुरधामको एग्रोभेट फर्म (पशुको औषधि पसल)को भेटेरिनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रको अगुवाइमा विभिन्न निकायको सहभागितामा अनुगमन गर्दा निकै वटा फर्मा मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ ।
जनकपुरधामको मिल्स एरियामा रहेको मिथिला एग्रोभेट, भानु चौकमा रहेको जानकी भेट फर्मा, दिवस भेट फर्मासहित कदम चौकमा रहेका विभिन्न भेट फर्माको स्थलगत अनुगमन गरिएको हो । अनुगमनको क्रममा जनकपुरधामको जानकी भेट फर्माले औषधि व्यवस्था विभागबाट २०७५ साल यता नवीकरण नगराएको पाइएकाले तत्काल गराउन निर्देशन दिइएको छ ।
दिवस भेट फर्मालाई पशु तथा कृषिको औषधि तथा बीउ बिजनको काउन्टर अलग गरेको नपाइएकाले तत्काल अलग गर्न केन्द्रका प्रमुख इन्द्रप्रसाद साह नेतृत्वको टोलीले निर्देशन दिएको छ ।
श्रेष्ठ एग्रोभेट फर्मालाई पशु र कृषिको सामाग्री अलग राखेर कारोबार गर्न निर्देशन दिइएको छ । कदम चौकमा रहेका भेट फर्माहरूलाई मापदण्डको पालना गर्न निर्देशन दिइएको र पालना गरेको नपाइए पसल शिल गर्ने चेतावनी दिइएको छ ।
अनुगमन टोलीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत डा. सुनिल कुमार यादव, मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पशु चिकित्सक डा. रञ्जित कुमार अधिकारी, मधेश प्रदेशका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक विपिन कुमार ठाकुर, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र पत्रकारको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्