टी–२० क्रिकेट विश्वकप: अस्ट्रेलियाद्वारा आयरल्यान्ड ४२ रनले पराजित
काठमाडौँ । अस्ट्रेलियामा जारी टी–२० क्रिकेट विश्वकप अन्तर्गत सुपर १२ को आजको खेलमा अस्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले पराजित गरेको छ ।
अस्ट्रेलियाले दिएको १८० रनको लक्ष्य पछ्याउने क्रमका आयरल्यान्ड १८.१ ओभरमा सबै विकेट गुमाएर १३७ रनमा समेटियो ।
टर हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ५ विकेटको क्षतिमा १७९ रन जोडेको थियो । अस्ट्रेलियाका लागि अरोन फिन्चले सर्वाधिक ६३ रनको योगदान गरे ।
आयरल्यान्डका लागि लोर्कन टुकरले ७१ रनको योगदान गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।
जितसँगै ४ खेलबाट ५ अङ्क जोडेर समूह १ को अङ्क तालिकामा दोस्रो स्थानमा रहेको अस्ट्रेलियाको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ ।







प्रतिक्रिया राख्नुहोस्