मेलम्चीमा आगलागी हुँदा तीन वटा पसलमा १ करोड ९४ लाखको क्षति
सिन्धुपाल्चोक । मेलम्चीमा गएराती आगलागी हुँदा तीन वटा पसलमा १ करोड ९४ लाख ७५ हजार रुपैंया बराबरको क्षति भएको छ ।
न्यु मेलम्ची सप्लायर्सका सञ्चालक हरिशरण श्रेष्ठको किराना पसलमा ९ तोला सुनसहित १ करोड ३७ लाख बराबरको क्षति भएको सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै बिजी बेकरी हाउसको ४२ लाख ७५ हजार र सँगै रहेको होटलको १५ लाख रुपैयाँ बराबरको क्षति पुगेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले जानकारी दिनुभयो ।
आगलागी कहाँबाट सुरु भयो के कारणले सुरु भयो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा पाँचखाल नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।








प्रतिक्रिया राख्नुहोस्