टेलिकमले बोनस सहितको चाडपर्व अफर उपलब्ध गराउने
काठमाडौँ । नेपाल टेलिकमले नेपालीहरूको महान् पर्वहरू तिहार, छठ तथा म्ह पूजाका अवसरमा भोलिदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।
ती अफर पर्वहरूका अवसरमा कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुनेछन् ।
डाटा प्याक अन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछन् ।
त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुने र प्याकहरू जुनसुकै समय प्रयोग गर्न सकिने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्