तपाईँ सुन्दै हुनुहुन्छः

टी–२० विश्वकप क्रिकेट : जिम्बावेलाई ३१ रनले हराउँदै वेस्ट इन्डिज विजयी 

काठमाडौँ । अस्ट्रेलियमा जारी टी–२० विश्वकप क्रिकेटमा आज भएको समूह बि को चौथो खेलमा वेस्ट इन्डिजले जिम्बावेलाई ३१ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५३ रन जोड्यो । वेस्ट इन्डिजका लागि जोन्सोन चाल्सले सर्वाधिक ४५ रनको योगदान गरे ।

जवाफी ब्याटिङमा उत्रिएको जिम्बावेले संयमित भएर खेल्न नसक्दा १८.२ ओभरमा सबै विकेट गुमाएर १२२ रनमा समेटियो । जिम्बावेका लागि लुक जन्ग्वेले सर्वाधिक २९ रन जोडे ।

जिम्ववको इनिङ्स धरासायी बनाउने क्रममा वेस्ट इन्डिजका अल्जारी जोसेफले ४ र जसन होल्डरले ३ विकेट लिए ।

यो जितसँगै वेस्ट इन्डिजले समूह तालिकामा २ अङ्क जोडेको छ । समूह बि का चार वटै टोली वेस्ट इन्डिज, जिम्बावे, स्कटल्यान्ड र आयरल्यान्डले समान एक जित र एक हार बेहोरेर २/२ अङ्क बटुलेका छन् ।  

चार वटै टोलीको सुपर १२ मा पुग्ने सम्भावना बराबरी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button