मधेसको विकास नेपाली काँग्रेसले मात्र गर्दछ : खानेपानी मन्त्री चौधरी

बारा । नेपाल सरकारका खानेपानी मन्त्री एवम् नेपाली काँग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले तराई मधेसको विकास नेपाली काँग्रेस पार्टीले मात्र गर्ने बताउनु भएको छ ।
बारा निर्वाचन क्षेत्र नम्बर १ को प्रचारप्रसार समितिको कार्यालयलाई कोल्हवीमा उद्घाटन गर्दै मन्त्री चौधरीले तराई मधेसमा जन्मेका पार्टी साख गरि उपेन्द्र यादवले जहिले पनि सता र शक्तिको राजनीतिकलाई मुल मन्त्र बनाई मधेसी जनताहरूलाई धोका दिने काम गर्दै आएको उहाँको आरोप रहेको छ । यतिका दिन देखि राजनीतिक पार्टीमा लागेको भएपछि सबै चुनावमा पार्टी फेर्ने र चुनाव चिन्ह अर्कोबाट लड्दै आएको मन्त्री चौधरीले प्रष्ट पार्नुभयो ।
तराई मधेसमा मात्र करिब सवा सात लाख नागरिक वञ्चित भएको अवस्थामा अहिलेको अर्थात् नेपाली काँग्रेसको सरकारले सदनबाट नागरिकता विधेयक पास गरेर राष्ट्रपतिमा पास गर्नका लागि पठाएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले केपी शर्मा ओलीको इसारामा सो विधेयक फिर्ता पठाउँदा समेत पनि आफूलाई मधेसको मसिहा भन्ने उपेन्द्र यादव कसरी रातारात केपी ओली सँग तालमेल गरे मन्त्री चौधरीको प्रश्न रहेको छ । फरक प्रसङ्गमा मन्त्री चौधरीले नेकपा एमाले मधेसी विरोधी पार्टी भएको आरोप लगाउनुभयो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सखाप पारी मुलुकमा एकतन्त्रीय शासन व्यवस्था लाध्न खोजेको ओलीलाई मधेसबाट नै सबक सिकाउनुपर्ने मन्त्री चौधरीले भन्नुभयो । सुखी नेपाली, समृद्ध नेपालको झुटो नेपाली जनतामा नारा बाडी देशलाई तहसनहस पारेको दोषारोहन गर्दै मानव अधिकारको हनन, अभिव्यक्ति स्वतन्त्रतामा कुण्ठित एवम् प्रेस स्वतन्त्रतामा समेत अङ्कुश लगाउने ओली सरकारलाई नेपाली जनताले चिनिसकेको बताउँदै उनको भ्रमको खेतीमा अव उपरान्त कोही नपर्ने मन्त्री चौधरीको तर्क रहेको थियो । नेपाली काँग्रेस पार्टी लोकतन्त्रको रक्षा, प्रेस स्वतन्त्रताको वकालत, संविधान कार्यान्वयन गर्न एवम् सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने पार्टी भएको हुँदा आम नेपालीहरूको चाहना अव नेपाली काँग्रेस नै भएको हुँदा रुख चिन्हमा मतदान गर्न सबैलाई आग्रह समेत गर्नुभयो ।
मन्त्री चौधरीले क्षेत्र नम्बर १ मा शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई विद्युत्, कृषि, बाटोघाटोमा आमूल परिवर्तन ल्याएको बताउँदै जनताको हरेक दुःखसुखमा साथ दिँदै आएको बताउँदै यो क्षेत्रको अझै बृहत्तर विकासको लागि कुनै पनि कसर बाकी नराख्ने प्रतिबद्धता जाहेर गर्दै सबैको मान सम्मान हुनेगरि काम गर्ने भन्नुभयो ।
क्षेत्रिय सभापति बिजयशंकर यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस मधेस प्रदेशका सदस्य उपेन्द्र जयसवाल, निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क का उम्मेदवार रमेश प्रसाद दंगाल, ख का नागेन्द्र प्रसाद साह, निजगढ नगरपालिकाका निवर्तमान मेयर सुरेश खनाल, प्रदेशसभाका समानुपातिक उम्मेदवारहरू रवीन्द्र पनुहर, माला लामा, मञ्जु चौधरी, शोभी मण्डल, लगायतकाले नेपाली काँग्रेसलाई जिताउनुको विकल्प नरहेको जोड दिँदै सहमति, सहकार्य र एकताबद्ध भई अगाडी बढ्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्