‘वीरगन्जवासीको सपना पुरा गर्न मधेश विश्वविद्यालय स्थापना’
वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री लालाबाबु राउतले प्रदेश सरकारले वीरगञ्जवासीको सपना पुरा गर्न मधेश विश्वविद्यालय स्थापना गरेको बताउनुभएको छ ।

वीरगन्ज महानगरपालिका १६ नगवामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, सामाजिक चेतना, बेटी पढाऊ, बेटी बचाउ, छोरी बिमा कार्यक्रम लगायतका थुप्रै लोकप्रिय कार्यक्रम ल्याएको बताउनुभयो ।
मुख्यमन्त्री राउत पर्सा क्षेत्र नम्बर १ ख को प्रदेश सभा सदस्य पदका लागि पुनः निर्वाचनमा होमिनुभएको छ ।
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादवले काम गरेका नेताको जनताले मूल्याङ्कन गर्ने बेला आइसकेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्