निर्वाचनमा निष्पक्ष भएर होमिन र सफल बनाउन सम्पूर्ण कर्मचारीलाई मन्त्री कार्कीको आग्रह

काठमाडौँ । कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पद बहाली गर्नुभएको छ ।
पद बहाली गर्नुहुँदै मन्त्री कार्कीले नयाँ कानून बनाउने प्रक्रियामा अघि बढाइएका विभिन्न विधेयकहरू नयाँ संसद् आएपछि उपयुक्त ढंगले अघि बढाउने बताउनुभयो ।

उहाँले मङ्सिर ४ गते हुने निर्वाचन जस्तो महायज्ञमा निष्पक्ष भएर होमिन र सफल बनाउन सम्पूर्ण कर्मचारीलाई आग्रह गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आउनुभएका मन्त्री कार्कीले आफू पुनः कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेको स्मरण गराउनुहुँदै सबै कर्मचारीहरूलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो ।









प्रतिक्रिया राख्नुहोस्