पार्टी विधि विपरीतको निर्णय प्रथम दृष्टिमै स्वेच्छाचारी : नेता रावल
काठमाडौँ । नेकपा (एमाले) का नेता डा.भीम रावलले पार्टीले विधिविपरीत स्वेच्छाचारी ढंगले टिकट वितरणको बताउनुभएको छ ।
नेता रावलले आज काठमाडौँमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा स्वाभिमान, सुशासन र न्यायका पक्षमा उठाएको आवाजमा ऐक्यबद्धता जनाउँदै आएकाले आफूलाई टिकटबाट वञ्चित गर्नु षड्यन्त्रपूर्ण स्वेच्छाचारी निर्णय भएको बताउनुभयो ।
नेता रावलले एमाले पार्टी नछोड्ने उल्लेख गर्दै नेता रावलले स्वेच्छाचारी निर्णयको भने समयको गति र पार्टीको मतिअनुसार विरोधमा उत्रिने विचार राख्नुभयो ।
पाँच दशक पार्टीमा योगदान गरेका घनश्याम भुसालको क्षेत्रमा पार्टी नेता, कार्यकर्तालाई प्रताडित गर्ने कित्ताका दीपक बोहरालाई टिकट दिएपछि भुसालले स्वतन्त्र उठ्न गरेको निर्णय सही रहेको विश्लेषण पनि उहाँले पत्रकार सम्मेलनमा सुनाउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्