तपाईँ सुन्दै हुनुहुन्छः

बागी उम्मेदवारी दिनेहरू पाँच वर्षका लागि निष्काशित

काठमाडौँ । नेपाली काँग्रेसले बागी उम्मेदवारी दिनेलाई पाँच वर्षका लागि निष्काशन गरेको छ ।

नेपाली काँग्रेस पार्टीका आधिकारिक उम्मेदवार लगायत सत्तारुढ गठबन्धन दल तथा मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबिच भएको सहमतिका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिई तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार तथा निजको प्रस्तावक र समर्थकलाई काँग्रेसको सदस्य समेत नरहने गरी ५ वर्षका लागि निष्कासन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button